images
images

स्थानीय तह निर्वाचनमा ‘बुथ’ सुरक्षाको यस्तो छ तयारी

  • ११ चैत्र २०७८, शुक्रबार ०८:२१

काठमाडौं । सरकारले आगामी स्थानीय तह निर्वाचनमा मतदानस्थल ‘बुथ’ को सुरक्षाका लागि एक लाख बढी सुरक्षाकर्मी खटाउने भएको छ ।

देशभरका १० हजार ७ सय ५६ मतदान स्थलमा मतपेटिका व्यवस्थापनका लागि सरकारले करिव एक लाख १० हजार कर्मचारी खटाउने भएको हो । जसअनुसार सुरक्षा गस्ती गर्न करिव ७० हजार सैनिक खटिनेछन् भने मतदानस्थल तथा केन्द्रको बाहिरि सुरक्षामा ३२ हजार सशस्त्र प्रहरी र भित्रि सुरक्षामा ६५ हजार प्रहरी खटाउने सरकारको तयारी छ । भित्रि सुरक्षामा प्रहरीको सहयोगमा खटिनेगरी १ लाख १८ हजार म्यादी प्रहर भर्ना गर्न प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेपनि बजेट अभावका कारण एक लाख मात्रै म्यादी भर्नाको अनुमति दिइएको छ ।

स्थानीय तह निर्वाचनको सुरक्षामा जनशक्ति नपुगने भएपछि कारागार र विमानस्थलबाट पनि प्रहरी तान्ने योजना छ । चारवटै सुरक्षा निकायले आ–आफ्नो तर्फबाट निर्वाचन सुरक्षा प्रस्तावको मस्यौदा गृहमन्त्रालयमा पेश गरेका थिए । सो प्रस्तावलाई हिजो बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले स्विकृत गरेको छ । सुरक्षा जोखिमका आधारमा मतदानस्थललाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन तहमा वर्गिकरण गरी सुरक्षा कार्ययोजना स्विकृत गरिएको हो । त्यसकै आधारमा सुरक्षा समितिले जनशक्ति परिचालन र जिम्मेवारी तोकेर अन्तिम रुप दिएको हो । मतदानस्थल र मतदान केन्द्रको सुरक्षा व्यवस्था नेपाल प्रहरीको हुनेछ । म्यादी प्रहरी पनि नेपाल प्रहरीबाटै परिचालित हुनेछन् ।