images
images

काभ्रेपलाञ्चोकमा बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते

  • ११ चैत्र २०७८, शुक्रबार १०:५१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बस र मोटरसाइकल आपसमा ठोक्किदा २ जना गम्भीर घाइते भएका छन् ।

अरनिको लोकमार्ग अन्र्तगत काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ७ उग्रचण्डीमा आज बस र मोटरसाइकल आपसमा ठोकिँदा दुई जना गम्भिर घाईते भएका हुन् । दुर्घटनामा परी मोटरसाइकल चालक रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीका २८ वर्षिय कुमार खड्का र पछाडि सवार सोही स्थानका २७ वर्षिय सन्तोष खड्का घाईते भएका हुन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । घटना लगत्तै बस चालक फरार रहेको र उनको खाजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।