
दोलखा । प्रेस सेन्टर नेपाल दोलखाले संस्थापक अध्यक्ष सहित ९ जना संस्थापकलाई सम्मान गरेको छ ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दोलखाले छैंटौ साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष लक्ष्मण खड्का सहित ९ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक सदस्यहरु शिवकुमार भुजेल, दिलबहादुर केसी, शिवजी प्रधान, तेन्जिङ शेर्पा, कुलविन्द्र फुँयाल र मोहन थापा र सन्तोषि कार्की रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद गंगा कार्की विश्व, प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, पूर्ब महान्यायधिबक्ता मुक्तिनारायण प्रधानले सम्मानपत्र सहित उनीहरुलाई सम्मान गर्नुभएको हो ।
२०६४ साल फागुनमा ९ जना पत्रकार मिलेर जिल्लामा प्रेस सेन्टर नेपाल दोलखाको स्थापना गरेका थिए । त्यसयता दोलखामा प्रेस सेन्टर शसक्त भुमिकामा देखिएको छ ।