
काठमाडौं । राजावादीले यही चैत १५ गते राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागी जनप्रदर्शा गर्ने घोषणा गरेको छ ।
नवराव सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते समितिले राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको हो । समितिले आज विज्ञप्ती जारी गर्दै सोही जनप्रदर्शनमा राजसंस्थावादी, हिन्दु अधिराज्यवादी तथा संघीयता विरोधी आम सर्वसाधारण, राजनितिक पार्टी र समूहहरुलाई साथ, सहयोग र समर्थनका लागी आह्वान गरेको छ ।
राजसंस्था पुनर्स्थापनाका लागी हुने राजधानी केन्द्रित सबै प्रर्दशन तथा आन्दोलनहरुमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहेने बिज्ञप्तीमा उल्लेख छ । सोही दिन समाजवादी मोर्चाले समेत राजधानीमा राजावादीका गतिविधिविरुद्ध प्रदर्शन तय गरेको छ ।