
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोक पनौति नगरपालिका–७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट पैदलयात्री ललितपुर महाङकाल गाउँपालिका–२ घर भई पनौति नगरपालिका–४ बस्ने ७० वर्षीया मैया बजगाईको मृत्यु भएको हो । बागमती प्रदेश ०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट बजगाई गम्भीर घाईते भएका थिए ।
गम्भीर घाईते भएका बजगाईलाई शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।