images
images

हत्या आरोपमा पक्राउ परेका मेलुङका युवक पूर्पक्षका लागी थुनामा

  • १२ चैत्र २०८१, मंगलवार १६:२२

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका दोलखाको मेलुङका युवक पूर्पक्षका लागी थुनामा गएका छन्

शिवरात्रीको पूर्वसन्ध्यामा गाँजा खरिद विक्रिका क्रममा विवाद हुँदा ५० वर्षीय अड्वीर राईको हत्या आरोपमा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका–६ घर भएका २९ वर्षीय सहचालक विराट ठकुरीलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागी कारागार चलानको आदेश दिएको हो। उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को ज्यान मार्न नहुने कसुरमा मुद्धा दर्ता भएको थियो ।

सो दफाको कसुरमा जन्मकैदको सजाय हुने व्यवस्था छ । शिवरात्रीको पूर्वसन्ध्यामा गाँजा खरिद विक्रिका क्रममा विवाद हुँदा राईको हत्या भएको थियो । ठकुरी बा ४ ख ५९९३ नम्वरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए ।