
जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले वडा नम्बर ५ का १२ जना महिला-पुरुषलाई लेडिज फेसन डिजाइन सम्बन्धी एडभान्स सिलाई कटाई तालिम दिएको छ ।
आजदेखि १० दिनसम्म सञ्चालन हुने तालिमको जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बढाथोकी खड्काले उद्घाटन गर्नुभयो । सो क्रममा उपप्रमुख खड्काले राम्रोसँग सिप सिकेर स्वरोगार बन्न सबैलाई आग्रह गर्नुभयो । यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले आफ्नो सिपलाई नियमितता दिए मात्रै दक्ष बन्न सकिने भएकाले सिकेको सिपको सदुपयोग गर्न आव्ह्वान गर्नुभयो ।
लेडिज फेसन डिजाइन सम्बन्धी एडभान्स सिलाई कटाई तालिम उद्घाटन समारोहमा जिरी नगरपलिका ५ नम्बर वडाका अध्यक्ष नरबहादुर जिरेल, वडा नम्बर ४ का वडा अध्यक्ष पदेमान जिरेल र जिरी नगरपालिकाका सूचना अधिकारी मान बहादुर जिरेल र उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतको उपस्थित थियो ।