images
images

दोलखा र रामेछापको आलु बाली किराले सखाप, किसान मारमा

जिरी (दोलखा) । दोलखा र रामेछापको विभिन्न क्षेत्रमा आलु बालीमा किराले क्षति पु¥याएपछि किसानहरु मारमा परेका छन् ।

दोलखा र रामेछापको व्यवसायिक रुपमा आलु खेती हुँदै आएको सबै स्थानमा किराले आलु बालीमा क्षति पु¥याएपछि किसानहरु मारमा परेका हुन् । आलुको बोर्ट हुर्केर फल लाग्ने बेलामा किराले पात सबै नष्ट पारिदिएपछि किसानहरु चिन्तित भएका छन् । हालै केही समय अघिदेखि जिल्लाका विभिन्न स्थानहरुबाट किराले आलु बालीमा क्षति पु¥याएको भनी कृषकहरुको गुनासो आउन थालेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार रामेछापको उमाकुण्ड र दोलखाको शैलुङ तथा मेलुङ गाउँपालिकामा आलुमा लाग्ने किराका लार्भाले पातमा क्षति पु¥याएको भनी जानकारी प्राप्त भएको छ ।

तर, त्यति मात्रै नभएर हाल जिल्लाभरनै आलुमा सो समस्या रहेको किसानहरुले बताएका छन् । बैतेश्वर ३ यार्साका किसान साङनर्बु शेर्पा र आङनर्बु शेर्पाले बैतेश्वर गाउँपालिकाभर आलु खेती किराले नष्ट गरेको बताउनुभएको छ । आलुको फल्नै लाग्न सुरु नभइसकेको अवस्थामा किराले पात सबै सखाप पारेपछि समस्या भएको कृषकहरुको भनाई छ । अहिले किसानहरु किरा मार्ने विकल्पको खोजिमा छन् । कतिपय किसानले मेटासिट, कसैले खरानी र कसैले पसलमा पाइने अन्य औषधि खोजी गरी आलु बारीमा छर्न सुरु गरेपनि धेरै क्षेत्रफलमा सम्भव नभएको साङनर्बु शेर्पाले बताउनुभयो । मेलुङ र शैलुङ गाउँपालिकामा व्यवसायिक आलु खेती गरी जिवीकोपार्जन गर्दै आएका कृषहरु पनि यो पटक किराको चपेटामा परेका छन् ।मेलुङ ४ भेड्पुकी दिल माया तामाङले भेड्पुमा पनि आलु फल्न सुरु गरेको बेला किराले आलुको पात सबै नष्ट गरेको र आलुनै राम्रोसँग फल्न नपाएको बताउनुभयो । मेलुङ ३ का उदब कार्कीले हाल मकैको बेर्ना र आलुको बोट सबै किराले नष्ट गरेको बताउँदै किसानको प्रमुख आयस्रोतको रुपमा रहेको बालीनै जोखिममा परेको बताउनुभयो ।

रोकथामका लागि उपाय

किसानहरुले हैरानी खेपिरहेका बेला कृषि ज्ञान केन्द्र रामेछापले भने आलुबारीको नियमित अवलोकनगरी किराका अण्डा, लार्भा जम्मा पारी मार्न र दिउँसो २ बजेपछि निमजन्य विषादीको प्रयोग गर्न कृषहरुलाई आग्रह गरेको छ । साथै, नेपाल कृषि अनुसन्धान परिषद बाली विज्ञान महाशाखाका बैज्ञानिक डा.सुशील राज सुवेदीले आलुमा व्यापक क्षति भएको अवस्थामा इमामेक्टिन बेन्जोएट नामक विषादी प्रयोग गर्न सुझाव दिनुभयो । उहाँका अनुसार किराले आलु बालीमा नष्ट गर्न थालेपछि पानीमा विषादी प्रयोग गरेर छर्कनुको साथै आलुबारीभित्र भएका घाँसपात निकालेर सरसफाई गरिदिनुपर्नेछ ।

व्यवसायिक रुपमा आलु खेती गर्ने कृषकहरुले वर्षेनी जोखिम मोल्दै आउनु परेको छ । कुनै वर्ष खडेरी, कहिले असिना पानी र कहिले किराले आलु बाली नष्ट हुने गरेको किसानहरु बताउँछन् ।