दोलखा । दोलखाको ऐतिहासिक सांस्कृतिक एवम् पुरातात्विक महत्वको शहर दोलखा बजारमा सहकालका देवता मानिने मछिन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ ।
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिनदेखि सुरु हुने रातो मच्छिन्द्रनाथको जात्रा हिजोबाट सम्पन्न भएको हो । देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै यो वर्षको मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सम्पन्न गरिएको छ । पिङ्गल टोलबाट सुरु भई नक्छे टोल, कोर्छेटोल, टसिचाटोल हुदै माथिल्लो स्वयम्भु टोल आईपुगि रातो मच्छिन्द्रनाथको रथ यात्रा दुङ्गल टोल हुदै पुन पिंगल टोलमा पुगेपछि सम्पन्न हुने परम्परा छ । रातो मछिन्द्र नाथको रथलाई दोलखा बजारका प्रत्येक टोलटोलमा विशेष पुजाअर्चनाका साथ ७ दिनसम्म परिक्रमा गराउने प्रचलन छ । नौ दिनसम्म मनाइने करुणामयी मच्छिन्द्रनाथको रथलाई दोलखा बजारका विभिन्न टोलहरुमा बाजासहित परिक्रमा गराइएको स्थानीय शिवजि प्रधानले जानकारी दिनुभयो ।
दोलखाको ऐतिहासिक सांस्कृतिक एवम् पुरातात्विक महत्वको शहर दोलखा बजारमा सहकालका देवता मानिने मछिन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ । देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै यो वर्षको मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सम्पन्न गरिएको छ । पिङ्गल टोलबाट सुरु भई नक्छे टोल, कोर्छेटोल, टसिचाटोल हुदै माथिल्लो स्वयम्भु टोल आईपुगि रातो मच्छिन्द्रनाथको रथ यात्रा दुङ्गल टोल हुदै पुन पिंगल टोलमा पुगेपछि सम्पन्न हुने परम्परा छ ।
चैत्र शुक्ल पुर्णिमाको साँझ रातो मछिन्द्रनाथको मुर्तिलाई डोकलुङगा टोल स्थित अवलोकितेश्वर मन्दिरमा पु¥याएर दुधमा स्नान गराएपछि मछिन्द्रनाथको रथयात्रा सुरु भएको थियो । विशेषगरी नेवार समुदायले साक्षात् भगवानको रुपमा मान्दै आएको मच्छिन्द्रनाथको रथयात्रा नेपाल संवत ६ सय ३९ सालदेखि सुरु भएको अनुमान छ । मछिन्द्रनाथको रथयात्रा गरेपछि पानी पर्ने, खाद्यन्न उत्पादन बढ्ने, लोकको कल्याण हुने र रथयात्राका क्रममा रथ ढल्यो भने अनिष्ट हुने, रोगव्याधी बढ्ने जनविश्वास रहिआएको छ । रथयात्राको क्रममा रथ ढलेमा वा मर्मत गर्नुपरेमा धर्मासी भैरवलाई थुमाको बलिपुजा दिई रथ यात्रा पुनः सुरु गर्ने चलन छ ।
रथयात्रा सुरु भएपछि दोलखा बजारका पुरुषहरु अपरान्हदेखि साँझसम्म रथ तान्नमै व्यस्त रहन्छन् भने महिलाहरु दिनभर ब्रत बसेर मच्छिन्द्रनाथको पूजाआराधना गर्दछन् । दोलखा बजारमा हुने रातो मच्छिन्द्रनाथको रथयात्रामा विगत केही वर्ष यता राजधानीका नेवार समुदायको पनि उल्लेख्य सहभागिता हुँदै आएको छ । राजधानीमा रथयात्रा हुनेभएपनि सम्म रोडमा मात्रै रथ तान्ने गरीन्छ भने दोलखामा उकालोमा पनि रथ तान्ने गरीन्छ । त्यसकारण पनि राजधानीका नेवार समुदाय यो रथयात्रालाई निकै कठिन रथयात्राका रुपमा विश्लेषण गर्ने गर्दछन् ।