images
images

गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता नगर्न निर्देशन

  • १२ बैशाख २०७९, सोमबार १३:०८

काठमाडौं । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता नगर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत निर्देशन दिने निर्णय समेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले देशभरका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई एक ढिक्का राख्न अन्तिम समयसम्म कसररत गर्ने निर्णय गरेको छ ।