images
images

रामेछापमा माओवादी केन्द्र र एकिकृत समाजवादीबीच चुनावी तालमेल

  • १२ बैशाख २०७९, सोमबार १४:१६

रामेछाप । रामेछापमा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच चुनावि तालमेल गर्ने सहमति भएको छ ।

चुनावी तालमेल गर्न कांग्रेसले नमानेपछि माओवादी र एकिकृत समाजवादीबीच चुनावि तालमेल गर्ने सहमति भएको हो । दुई दलबीच सिट बाँडफाँड समेत भएको छ । रामेछापका ८ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले ६ वटा र एकिकृत समाजवादीले दुई वटा स्थानीय तह लिने सहमति भएको माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादीले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिका लिएको छ । यस्तै एकिकृत समाजवादीले खाँडादेवि गाउँपालिका र गोकुलगंगा गाउँपालिका पाएको छ ।