काठमाडौं । निर्वाचन आयोगले आज ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने भएको छ ।
आज धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार मनोनयन दर्ता गर्न चाहनेले आज अपरान्ह ५ बजेसम्म सम्बन्धीत जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्नेछ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ३ लाख भन्दा बढी मनोनयन दर्ता हुने अनुमान गरेको छ ।