images
images

सिन्धुपाल्चोकमा उम्मेदवारी दर्ता गर्ने क्रममा झडप

  • १२ बैशाख २०७९, सोमबार १७:२२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा उममेदवारी दर्ता गर्ने क्रममा झडप भएको छ ।

माओवादी केन्द्र र अन्य दलका उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा होहल्ला गर्दा झडपको स्थिति बनेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको उहाँले बताउनुभयो । सिडिओ खनालका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रु्ग्याँस पनि प्रहार गरिएको छ ।

चौताराका माओवादीका नेता अमानसिंह तमाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको बताउनुभयो । झडपका क्रममा नगरपालिका पनि तोडफोड भएको छ ।