images
images

जन्मकैदको फैसलापछि फरार रहेका बैतेश्वरका एक पुरुष १५ वर्षपछि पक्राउ

  • १२ बैशाख २०७९, सोमबार १८:२५

दोलखा । कर्तव्य ज्यान मुद्धामा जन्मकैदको फैसला भएपछि फरार भएका दोलखाको वैतेश्वर गाउँपालिकाका एक पुरुष १५ वर्षपछि पक्राउ परेका छन् ।

वैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीका लाल बहादुर तमाङलाई प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेको १५ वर्षपछि पक्राउ गरेको हो । उनलाई गस्तिमा खटिएको प्रहरी टोलीले सदरमुकाम चरिकोटबाट पक्राउ गरेको दोलखाका प्रहरी निरिक्षक सुशिल केसीले जानकारी दिनुभयो । दोलखा जिल्ला अदालतले तमाङमाथि १५ वर्षअघि कर्तव्य ज्यान मुद्धामा जन्मकैदको फैसला सुनाएको थियो । त्यस लगत्तैदेखि फरार सुचीमा रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई अदालतको आदेश अनुसार आज कारागार चलान गरीएको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।