images
images

निर्वाचन अपडेटः देशभर हालसम्म ६० हजार बढीको उम्मेदवारी दर्ता

  • १२ बैशाख २०७९, सोमबार १९:३५

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि हालसम्म ६० हजार भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनका लागि हालसम्म ७७ जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा ६० हजार ९ सय ५० जनाको उम्मेदवारी दर्ता भएको हो । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा ११७३ तथा उपाध्यक्ष पदमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी वडाध्यक्ष पदमा १५ हजार २८५ जना, महिला सदस्य पदमा ९८९१, महिला दलित सदस्य पदमा ८६९४ र सदस्य पदमा २० हजार ७३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।