images
images

वैतेश्वरमा माओवादी र नेकपा एकिकृत समाजवादीबीच गठबन्धनः अध्यक्षमा खड्का, उपाध्यक्षमा दाहाल

  • १२ बैशाख २०७९, सोमबार २०:०९

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन भएको छ ।

नेपाली कांग्रेसले अन्तिम समयमा आफ्नै पार्टीभित्र उपाध्यक्षमा बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्र र एकिकृत समाजवादीबीच वाम गठबन्धन भएको हो । कांग्रेसबाट उपाध्यक्षमा छबिलाल मोक्तान र कल्पना उप्रेतिले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले बागी उम्मेदवार खडा गरेपछि माओवादी र नेकपा एसले अन्तिममा आएर तालमेल गरेका छन् । जसअनुसार वैतेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मण खड्का र उपाध्यक्षमा एकिकृत समाजवादीको तर्फबाट कल्याण दहालले उम्मेदवारी दर्ता गराएका छन् ।

वैतेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट निवर्तमान अध्यक्ष छबि लामा र एमालेबाट माधव घिमिरे उम्मेदवार बनेका छन् । बैतेश्वरमा गठबन्धनको तर्फबाट वडा नं १ को अध्यक्षमा धनबहादुर तामाङ, वडा नं २ को अध्यक्षमा राजु तामाङ, वडा नं ३ को अध्यक्षमा इराज कुमार राउत, वडा नं ४ को अध्यक्षमा लक्ष्मण चौलागाईं, वडा नं ५ को अध्यक्षमा भुवन घिमिरे, वडा नं ६ को अध्यक्षमा पुष्कर कार्की, वडा नं ७ को अध्यक्षमा मिनकुमार शिवाकोटी र वडा नं ८ को अध्यक्षमा तक्त जिरेल रहेका छन् , वडा नं ४ र ६ समाजवादीका उम्मेदवार हुन् भने अरु सबै उम्मेदवार माओवादीका हुन् ।