images
images

दोलखाका अधिकांश पालिकामा गठबन्धन भर्सेस एमाले, को–को भए उम्मेदवार ?

  • १२ बैशाख २०७९, सोमबार २१:२०

दोलखा । दोलखामा स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगले तोकेको समय अवधिमा गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । जसअनुसार भीमेश्वर नगरपालिकाको नगरप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार ईश्वर नारायण मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा नेकपा एकिकृत समाजवादीबाट संगिता पाख्रिनले उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अर्जुन प्रसाद शिवाकोटी र उपाध्यक्षमा माओवादी केन्द्रबाट कुल बहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । तामाकोशी गाउँपालिकाको अध्यक्ष नेकपा एकिकृत समाजवादीको तर्फबाट प्रोण प्रताव केसी र उपाध्यक्षमा कांग्रेसको तर्फबाट सिर्जना सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

दोलखामा स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले तोकेको समय अवधिमा गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन कार्यालयले उम्मेदवारी दर्ताको एकिन विवरण सार्वजनिक गर्न बाँकी छ । 

यसैगरी मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एकिकृत समाजवादीको तर्फबाट रविन्द्र कार्की र उपाध्यक्षमा कांग्रेसका भक्त तमाङ, शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट रिमालबाबु श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट दावादोर्जे लामाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै विगु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट संञ्जिव ओली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आङनिमा शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् भने गौरीशंकर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट विश्वास कार्की र उपाध्यक्षमा कांग्रेसको तर्फबाट श्यामसुन्दर तमाङले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

यता नेकपा एमालेको तर्फबाट भीमेश्वर नगरपालिकाको नगरप्रमुख हरिवंश चौंलागाई र उपप्रमुखमा कमला बस्नेत, जिरी नगरपालिकाको नगरप्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी, कालिञ्चोक गाउँपालिकाको अध्यक्ष गणेशप्रसाद शिवाकोटी र उपाध्यक्षमा कविता थामी, विगु गाउँपालिकाको अध्यक्षमा अछुतम केसी र उपाध्यक्षमा देविका थामीले उम्मेदवारी दर्ता गराएकी छिन् । यसैगरी गौरीशंकर गाउँपालिकाको अध्यक्षमा जंग गुरुङ र उपाध्यक्षमा मुना शिवाकोटी, वैतेश्वर गाउँपालिकाको अध्यक्षमा माधव प्रसाद घिमिरे र उपाध्यक्षमा नविना लामाले उम्मेदवारी दर्ता गराएकी छिन् । तामाकोसी गाउँपालिकाको अध्यक्षमा अभिषेक सुवेदी र उपाध्यक्षमा अम्बिका पोखरेल, मेलुङको अध्यक्षमा हिरा थोकर र उपाध्यक्षमा गायत्री आचार्य, शैलुङ गाउँपालिकाको अध्यक्षमा धन बहादुर तमाङ र उपाध्यक्षमा पार्वती थापा कार्कीले मनोनयन दर्ता गराएकी छिन् ।