images
images

जिरीमा नगरप्रमुखको उम्मेदवारीः गठबन्धनबाट लाक्पा, माओवादी नेता गेल्बुको स्वतन्त्र उम्मेदवारी

  • १२ बैशाख २०७९, सोमबार २२:१०

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा सत्ता गठबन्धन टुट्को संघारमा पुगेकोे छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि गठबन्धनले तय गरेअनुसार उम्मेदवारी दर्ता नभएपछि गठबन्धन टुटको संघारमा पुगेको हो । गठबन्धनको भागवण्डा अनुसार जिरी नगरपालिकामा नेपाली कांग्रेसले नगरप्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेदवारी दिनुपर्ने भएपनि नगरप्रमुख पदका लागि नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीका अध्यक्ष गेल्बु शेर्पा र कांग्रेसका आङपासाङ शेर्पाले उपप्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यो सँगै जिरी नगरपालिकामा पनि सत्ता गठबन्धन जोगाउन समस्या परेको छ । गठबन्धन अनुसार नेपाली कांग्रेसले लाक्पा शेर्पालाई नगरप्रमुखको उम्मेदवार र माओवादी केन्द्रले जिरी नगरकमिटीका इन्चार्ज तेज बहादुर गोलेलाई उपप्रमुखको उम्मेदवार बनाएको थियो । तर, उनीहरुको उम्मेदवारी दर्तासँगै माओवादी अध्यक्षको नगरप्रमुखका लागि छुट्टै स्वतन्त्र र कांग्रेसको पनि उपप्रमुखका लागि उम्मेदवारी परेपछि सत्तागठबन्धन टुटको अवस्थामा पुगेको छ ।

गठबन्धन अनुसार नेपाली कांग्रेसले लाक्पा शेर्पालाई नगरप्रमुखको उम्मेदवार र माओवादी केन्द्रले जिरी नगरकमिटीका इन्चार्ज तेज बहादुर गोलेलाई उपप्रमुखको उम्मेदवार बनाएको थियो । तर, उनीहरुको उम्मेदवारी दर्तासँगै माओवादी अध्यक्षको नगरप्रमुखका लागि छुट्टै स्वतन्त्र र कांग्रेसको पनि उपप्रमुखका लागि उम्मेदवारी परेपछि सत्तागठबन्धन टुटको अवस्थामा पुगेको छ ।

गठबन्धन दलसँगै आज दिउँसो जिरी ६ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका माओवादी अध्यक्ष शेर्पाले अपरान्ह आफुले नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो । यद्धपी वडातहको भने जानकारी आउन बाँकी छ । राती अबेरसम्म मनोनयन दर्ता भइरहेकोले वडातहमा कसरी उम्मेदवारी दर्ता भयो भन्ने विवरण आउन बाँकी रहेको हो ।

यसअघि जिरीमा हिजो नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी खड्काले उम्मेदवारी दर्ता गराएका थिए ।