भक्तपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
शृंखलाको शनिबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको हो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याएको यूएईलाई जितसम्म पुग्न नदिन नेपाली टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धसतकको योगदान दिए ।
ऐरीको ७५ रनको योगदानमा नेपाल यो स्थितिमा पुगेको हो । दीपेन्द्रले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए ।



हाम्रो अपडेट 






