images
images

सिन्धुलीका खपाङ्गी बने विश्वकै होचा किशोर

  • ११ जेष्ठ २०७९, बुधबार ०६:४७

सिन्धुली । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व किर्तिमान बनाएका छन् ।

७३ दशमलव ४३ सेन्टिमिटर अर्थात् २ फिट ४ दशलमव ९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा किर्तिमान बनाएका हुन् । खपाङ्गीले संसारकै होचा किशोर (टिनएजर) को रुपमा गिनिज बुक अफ वल्र्ड रेकडर्समा नाम लेखाएका छन् । उनलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।