images
images

बागमती प्रदेश सरकारद्धारा पालिकाहरुलाई अन्तिम किस्ता निकासा (दोलखामा कुन पालिकालाई कति ?)

जिरी (दोलखा) । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १३ वटै जिल्लाका लागि चालु आर्थिक वर्षको समपुरक, विशेष र सर्शत अनुदानतर्फको चौथो अर्थात अन्तिम किस्ता रकम निकासा गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भएका योजनाहरु कार्यान्वयनका लागि बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले समपुरक, विशेष र सर्शत अनुदानतर्फको चौथो किस्ताको रकम निकासा गरेको हो । अन्तरसरकारी वित्तिय हस्तान्तरण अन्र्तगत समपुरक अनुदानका लागि प्रदेशका १ सय १६ स्थानीय तहका स्वीकृत योजनाहरु कार्यान्वयनका लागि प्रदेश सरकारले चौथो तथा अन्तिम किस्ता निकासा गरेको छ। जसअनुसार बागमती प्रदेश सरकारले समपुरक अनुदानका लागि ७२ करोड ९५ लाख २४ हजार ७ सय निकासा गरेको छ । दोलखाका लागि समपुरक अनुदानतर्फ दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटा स्थानीय तहमा ६ करोड ४० लाख ३० हजार रुपैयाँ विनियोजन भएको छ । जसअनुसार समपुरक अनुदानतर्फ चौथो तथा अन्तिम किस्ता वापत जिरी नगरपालिकाका लागि ६५ लाख २५ हजार रुपैयाँ बजेट आउँदा भिमेश्वर नगरपालिकाकाका लागि ७५ लाख रुपैयाँ बजेट पाएको छ । यसैगरी, जिल्लाको कालिञ्चोक गाउँपालिकामा ७४ लाख ८८ हजार, गौरीशंकरमा ५६ लाख ३३ हजार, तामाकोशीमा ७४ लाख ८९ हजार, बैतेश्वरमा ६१ लाख ७३ हजार, मेलुङमा ७४ लाख ९९ हजार, विगुमा ४५ लाख ३९ हजार र शैलुङ गाउँपालिकाका लागि ५० लाख बजेट आएको छ ।

बागमती प्रदेश सरकारले प्रदेश भित्रका १३ वटै जिल्लाका लागि चालु आर्थिक वर्षको समपुरक, विशेष र सर्शत अनुदानतर्फको चौथो किस्ता रकम निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भएका योजनाहरु कार्यान्वयनका लागि बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले समपुरक, विशेष र सर्शत अनुदानतर्फको चौथो किस्ताको रकम निकासा गरेको हो । यसैगरी, विशेष अनुदानतर्फ भिमेश्वर नगरपालिका र तामाकोशी गाउँपालिकाका लागि बजेट विनियोजन भएको छैन । 

सर्शत अनुदानतर्फ दोलखाका लागि ५ करोड ३६ लाख २ हजार २ सय ५५ रुपैयाँ बजेट निकासा भएको छ । जसमा सबै भन्दा बढी भिमेश्वर नगरपालिकाका लागि १ करोड ४६ लाख ८६ हजार बजेट निकासा भएको छ भने सबै भन्दा कम विगु गाउँपालिकाले ३४ लाख ७२ हजार बजेट पाएको छ । यस्तै, जिरी नगरपालिकाका लागि ६० लाख १ हजार, कालिञ्चोक गाउँपालिकाका लागि ५७ लाख ७० हजार, गौरीशंकर गाउँपालिकाका लागि ५० लाख ८७ हजार, तामाकोशीका लागि ७८ लाख ३१ हजार, बैतेश्वरका लागि ५२ लाख २३ हजार, मेलुङका ६२ लाख ५५ हजार र शैलुङ गाउँपालिकाका ५५ लाख २६ हजार रुपैयाँ बजेट निकासा भएको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । यसैगरी, विशेष अनुदानतर्फ भिमेश्वर नगरपालिका र तामाकोशी गाउँपालिकाका लागि बजेट विनियोजन भएको छैन ।

विशेष अनुदानतर्फ जिरी नगपालिकाका लागि १ करोड १५ लाख रुपैयाँ बजेट निकासा भएको छ भने शैलुङ गाउँपालिकाका १ करोड ५० हजार, विगु गाउँपालिकाका लागि १ करोड ३७ लाख ५० हजार, मेलुङ गाउँपालिकाका लागि ७ करोड ७५ लाख, बैतेश्वरका लागि १ करोड ५० लाख, गौरीशंकरका लागि ७५ लाख र कालिञ्चोक गाउँपालिकाको लागि १ करोड ५ लाख बजेट अन्तिम किस्ता निकासा भएको मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को चौथो किस्तामा वित्तिय समानीकरण अनुदानतर्फ जिरी नगरपालिकाको लागि २ करोड २८ लाख ३० हजार, भिमेश्वर नगरपालिकाका लागि ३ करोड ८९ लाख ५ हजार, कालिञ्चोकको लागि २ करोड ९३ लाख ९० हजार, गौरीशंकर गाउँपालिकाका लागि २ करोड ३८ लाख ७ हजार, तामाकोशीका लागि २ करोड ६६ लाख ६ हजार, बैतेश्वरका लागि २ करोड ७१ लाख ७ हजार, मेलुङको लागि २ करोड ७२ लाख १ हजार, विगुका लागि २ करोड ४९ लाख ७ हजार र शैलुङका लागि २ करोड ५७ लाख ५ हजार रुपैयाँ बजेट आएको छ ।