images
images

माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

  • ११ जेष्ठ २०७९, बुधबार १५:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ ।

माओवादी केन्द्रको पुर्व स्थायी समिति सदस्यहरुको आज बसेको बैठकले देशभर पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो । माओवादी केन्द्रको तर्फबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई जेठ १७ र १८ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय भएको पुर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रशिक्षणमा नयाँ जनप्रतिनिधिले गर्ने कामबारे विस्तृतमा सिकाईनेछ । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट १ सय २१ जना पालिका प्रमुख र १ सय २८ जना पालिका उपप्रमुखमा निर्वाचित भएका छन् ।