जिरी (दोलखा) । दोलखाको जिरी नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ ।
आज जिरी नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भई कार्यपालिका सदस्यमा नयाँ नेतृत्व चयन भएको हो । जिरीस्थित निर्वाचन अधिकृतको कार्यालयले आज मतदानबाट निर्वाचन गरी ८ जना कार्यपालिका सदस्य चयन गरी उनीहरुको नाम घोषणा गरेको निर्वाचन अधिकृत नवराज पराजुलीले जानकारी दिनुभयो । जसमा खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका साङ्गे शेर्पा, नेपाली कांग्रेसका बिरबहादुर जिरेल र एकीकृत समाजवादीका दोर्जी शेर्पा निर्वाचित भएका छन् । यसअघि जिरी १ को वडाध्यक्षमा पराजित भएका साङ्गे शेर्पालाई माओवादीले कार्यपालिका सदस्यका लागि निर्वाचनमा सिफारिस गरेको थियो ।
यसैगरी, महिला सदस्यहरुमा नेकपा एकीकृत समाजवादीकी कल्पना जिरेल, नेपाली काँग्रेसकी ङिमुलु शेर्पा र रोमकुमारी समाल जिरेल तथा माओवादी केन्द्रकी शान्ती कार्की र सुशा जिरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका ८ जना कार्यपालिका सदस्यमा निर्वाचित हुँदा एमालेबाट भने एक जना पनि निर्वाचित भएका छैनन् । यो सँगै कार्यपालिकामा नेकपा एमाले अल्पमतमा परेको छ । निर्वाचनबाट माओवादी र कांग्रेसबाट ३/३ जना र एकीकृत समाजवादीबाट २ जना निर्वाचित भएका छन् । उनीहरु केही वडापालिका सदस्य समेत छन् भने केहीलाई सम्बन्धित पार्टीले कार्यपालिका सदस्यको लागि निर्वाचनमा स्वीकृत गरेका हुन् ।
जिरीस्थित निर्वाचन अधिकृतको कार्यालयले आज मतदानबाट निर्वाचन गरी ८ जना कार्यपालिका सदस्य चयन गरी उनीहरुको नाम घोषणा गरेको निर्वाचन अधिकृत नवराज पराजुलीले जानकारी दिनुभयो । निर्वाचनबाट माओवादी र कांग्रेसबाट ३/३ जना र एकीकृत समाजवादीबाट २ जना निर्वाचित भएका छन् ।जिरीमा नेकपा एमालेबाट आज भएको निर्वाचनबाट कोही पनि कार्यपालिका सदस्यमा निर्वाचित भएका छैनन् ।नगरमा हुने १९ कार्यपालिका सदस्यमा एमालेको भागमा ४ सदस्य मात्रै परेको छ भने बाँकी १५ सदस्य नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पाएको छ ।
यद्धपी, जिरीमा नेकपा एमालेबाट आज भएको निर्वाचनबाट कोही पनि कार्यपालिका सदस्यमा निर्वाचित भएका छैनन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको बहुमत विजयी भएपछि एमाले नगरकार्यपालिकामा अल्पमतमा परेको छ । नगरमा हुने १९ कार्यपालिका सदस्यमा एमालेको भागमा ४ सदस्य मात्रै परेको छ भने बाँकी १५ सदस्य नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पाएको छ ।
नगरप्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरुमा निर्वाचित जनप्रतिनिधि स्वतः कार्यापालिका सदस्य रहने व्यवस्था छ । सोही अनुसार नेकपा एमालेले नगरप्रमुख र उपप्रमुख तथा एमालेबाट निर्वाचित २ वटा वडाध्यक्षले कार्यापालिका सदस्य बन्न पाएका छन् । यो पटकको स्थानीय तह निर्वाचनबाट नगरको मुख्य पद एमालेले लिएपनि वडा र कार्यापालिका सदस्यमा अन्य दलको बहुमत देखिएकोे छ ।
एमालेको ४ कार्यपालिका सदस्य हुँदा नेकपा माओवादी केन्द्रबाट निर्वाचित ४ वडाध्यक्ष र कार्यपालिका निर्वाचनबाट निर्वाचित ३ जना गरी ७ जना कार्यपालिका सदस्य, कांग्रेसबाट २ वडाध्यक्ष सहित ५ जना र नेकपा एकीकृत समाजवादीबाट एक वडाध्यक्ष सहित ३ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।