images
images

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेदेखि भारत भ्रमणमा जाँदै

  • ११ जेष्ठ २०८०, बिहीबार ०७:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ ।

संघीय संसदमा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् । ४ दिने भ्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् । गत वैशाखमा भ्रमणको तयारी गरिएपनि अन्तिम समयमा आएर प्रधानमन्त्री प्रचण्डको भ्रमण रोकिएको थियो ।