images
images

बैतेश्वर गाउँपालिकाका शिक्षक र कर्मचारी कार्यालय समयमा अन्य कार्यक्रममा सहभागी हुन नपाउने

  • ११ जेष्ठ २०८०, बिहीबार ०७:४५

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा शिक्षक तथा कर्मचारीहरु कार्यालय समयमा कुनै कार्यक्रममा सहभागी हुन नपाउने भएका छन् ।

बैतेश्वर गाउँपालिका अन्र्तगतका सम्पुर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा अन्य कार्यालयमा कार्यरत कर्मचारीहरु कार्यालय समयमा कुनै संघ संस्थाको कार्यक्रममा सहभागी हुन नपाउने भएका हुन् । कार्यालय समयभित्र नै शिक्षक र कर्मचारीहरु राजनितिक दल तथा विभिन्न सामाजिक संघ संस्थाहरुको कार्यक्रममा व्यस्त हुने र कामप्रति जिम्मेवार नहुने प्रवृति बढ्दै गएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गत बैशाख १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षक तथा कर्मचारीहरु कार्यालय समयमा कुनै कार्यक्रममा सहभागी हुन नपाउने निर्णय गरेको थियो । सोही अनुसार हिजो गाउँपालिकाले सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कार्यालय समयमा शिक्षक तथा कर्मचारी कार्यक्रममा सहभागी भएमा नियमानुसार कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीद्धारा हस्तक्षरित सुचनामा उल्लेख छ ।

single-deseimg