images
images

बागमती प्रदेशमा ३ हजार पुराना सार्वजनिक सवारी सडकबाट हटाइदै

  • ११ जेष्ठ २०८०, बिहीबार १६:०५

काठमाडौँ । बागमती प्रदेशमा ३ हजार पुराना सार्वजनिक सवारी सडकबाट हटाइने भएको छ ।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज संयुक्त विज्ञप्ति जारी गर्दै बागमतीका करिब ३ हजार सार्वजनिक सवारी विस्थापित हुने बताएका हुन् । बागमती प्रदेश सरकारले गत जेठ ७ मा कानुनले तोकेको आयु नाघेर पनि प्रदेशभित्र सञ्चालनमा रहेका सवारीको दर्ता नवीकरण र रुट इजाजत दिने बाटो नै बन्द गर्ने बताएको थियो । प्रदेश सरकारले पुराना सवारी हटाउने भएपछि यातायात व्यवसायी र मजदुरहरु आन्दोलित भएका छन् ।

देशभर करिब ८ हजार पुराना सवारी सरकारले तोकेको आयु नाघेको भन्दै उनीहरुले सो निर्णयले १० अर्ब लगानी समाप्त हुने र हजारौं घर परिवारवारका लाखौं आश्रित परिवार प्रभावित हुने बताएका छन् । सरकारी निर्णय कायार्वन्यन नहुँदा सडकमार्गहरुमा पुराना सवारीहरुको संख्यासँगै सहरी प्रदूषण र सवारी दुर्घटना बढ्ने क्रम रोकिएको छैन ।