images
images

बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

  • ११ जेष्ठ २०८०, बिहीबार १६:५७

हेटौँडा । बागमती प्रदेशको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने भएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते आइतबार प्रस्तुत गर्ने भएको हो । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले आगामी आइतबार नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुनेछ ।

सभामुख पाठकले सो दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन आग्रह पनि गर्नुभएको छ ।