काठमाडौं । सत्तारुढ गठबन्धनबीच पेट्रोलियम पदार्थको मुल्य घटाउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मुल्य घटाउने सहमति भएको हो । बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको छ । बैठकमा गठबन्धनका संयोजक एवम् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाईका साथ गर्नुपर्ने र पेट्रोलियम पदार्थको मुल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए । बैठकले पौडेलको प्रस्ताव अनुसार तत्काल मन्त्रीपरिषद्को बैठक बसेर पेट्रोलयम पदार्थमा लागेको कर कम गर्ने र तेलको मुल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय गरेको हो ।










