images
images

दोलखामा भारतीय जिपको ठक्करबाट दुई किशोर घाईते

  • ११ असार २०७९, शनिबार १७:५१

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा भारतीय जिपको ठक्करबाट दुई किशोर घाईते भएका छन् ।

जिपको ठक्करबाट भीमेश्वर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय शिशिर श्रेष्ठ र १६ वर्षिय करण श्रेष्ठ घाईते भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । दुर्घटनामा परी घाईते भएका दुई जनाको पशुपति चौंलागाई स्मृति अस्पताल चरिकोटमा उपचार भइरहेको छ । घाईते दुवै जनाको अवस्थामा मध्यम रहेको छ ।

भारतबाट भीमेश्वर मन्दिरको दर्शनका लागि दर्शनार्थी बोकेर आएको युपी ६२ ए जेट ००२ नम्बरको जिपले बागमती प्रदेश ०३–०२–००७ प ७३१६ नम्बरको मोटरसाइकललाई दोलखा बजार नजिकै ठक्कर दिएको हो । जिपको ठक्करबाट मोटरसाइकलमा सवारी दुई किशोर घाईते भएका हुन् । घटना लगत्तै प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ ।