झट्ट हेर्दा अपांङ्गता देखिन्छ । एक व्यक्ति, सधैं ह्वीलचियरको सहारामा हिडिरहेका हुन्छन् । साँच्चै उनको दुवै खुट्टाले काम गर्देन । कम्मर मुनीको भाग चल्दैन, उनी राष्ट्रसेवक कर्मचारी हुन् ।
दोलखाको जिरी नगरपालिका ६ स्थित सव डिभिजन वन कार्यालयका कार्यालय सहयोगी धुव्र बस्नेतको संघर्ष साँच्चै सामान्य छैन । सोलुखुम्बुको सल्लेरी घर भएका उनी २०५४ सालदेखि सव डिभिजन वन कार्यालय जिरीको कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । दाङ तुलसीपुरबाट लोकसेवा पास गरेर मासिक ७ सय रुपैंयाबाट कार्यालय सहयोगीको काम सुरु गरेका उनले हाल ३० हजार रुपैंया तलव बुझ्छन् । उनी सुरुवाती चरणमा सक्षम र सक्रिय तथा सकुशल थिए ।
तर, विडम्बना उनी एक दिन दुर्घटनामा परे । २०६४ साल माघ ३ गतेको कुरा हो, कार्यालय विदाको समयमा धुब्र जिरी–५ कै चेर्दुङ भन्ने ठाउँमा चप्लेटी ढुंगा निकाल्न पुगे । सायद उनलाई दशाले सो दिन त्याहाँ सम्म पुर्याएको रहेछ । साथि सहित ढुंगा निकाल्न गएका धुब्र ढुंगा निकाल्ने क्रममा एक्कासी घाइते हुन पुगे । चप्लेटी ढुंगाले मेरुदण्ड (स्पाइनल कर्ड ) मा च्यापेर उनी गम्भीर घाइते हुन पुगे । जसका कारण उनको दुवै खुट्टा चलेन । माघ महिनामा हिउँ परिरहेको थियो । अर्काेतिर अवस्था सामान्य थिएन । उनलाई हिउँबाट घाइते अवस्थामा निकालेर साथिहरुले जिरी अस्पताल पुर्याएका थिए । जिरी अस्पतालमा उपचारका लागि १९ दिन राखियो । तर, खुट्टामा सुधार नआएपछि काठमाडौं रिफर गरियो ।
सो क्रममा साँगा स्वीस अस्पतालमा धुब्र ६ महिना उपचारका लागि बसे । तर, पनि खुट्टा सकुशल हुन सकेन । सामान्य परिवारका उनले उपचारका लागि ३ लाख खर्च गरिसकेका थिए । ६ महिनामा पनि दुवै खुट्टा चल्ने अवस्था नरहेपछि उनी घर फिर्ता भए । धुब्रले चिकित्सकको सल्लाहमा व्यायम लगायतका क्रियाकलापमा जोड दिए । तर, पनि दुवै खुट्टामा सुधार आएन ।
विडम्बना उनी एक दिन दुर्घटनामा परे । २०६४ साल माघ ३ गतेको कुरा हो, कार्यालय विदाको समयमा धुब्र जिरी–५ कै चेर्दुङमा भन्ने ठाउँमा चप्लेटी ढुंगा निकाल्न पुगे । सायद उनलाई दशाले सो दिन त्याहाँ सम्म पुर्याएको रहेछ । दुई साथि सहित ढुंगा निकाल्न गएका धुब्र ढुंगा निकाल्ने क्रममा एक्कासी घाइते हुन पुगे । चप्लेटी ढुंगाले मेरुदण्ड (स्पाइनल कर्ड )मा च्यापेर उनी गम्भीर घाइते हुन पुगे । जसका कारण उनको दुवै खुट्टा चलेन । माघ महिनामा हिउँ परिरहेको थियो । अर्काेतिर अवस्था सामान्य थिएन ।
उनी भावुक हुँदै भन्छन्‘ म सामान्य परिवारको मान्छे, धेरै खर्च गरेर निजी अस्पताल जान पाएको भए अहिले पनि खुट्टालाई ठिक पार्न सकिन्थ्यो–की ? भन्ने लाग्छ । ६ महिना एउटै अस्पतालमा बसेर फर्किएपछि म आर्थिक अभावले कहिल्यै पनि अन्य अस्पताल खोजेर उपचारका लागि काठमाडौं धाइन । अहिले त अस्पतालहरुमा पनि विभिन्न मेसिन र प्रविधिको विकास भएको छ । उचार त हुन्थ्यो होला । म सामान्य परिवारका मान्छे कसरी सकुलाँ र ? बालबच्चा बढाउन नै मुस्किल छ । तर, पनि मैले आफ्नो रोजगारीलाई भने श्रीमतीको सहारामा निरन्तरता दिइरहेको छु । तलवले बालबच्चालाई पढाउँनै मुस्किल हुन्छ ।’ फेरी उनी भावुक हुँदै भन्छन् ‘मैले अझै पनि कसैको सहयोग पाँए र उपचार गराउन सके भने नयाँ जिवन पाउँछु की, ह्वीलचियरको साहारा विना आफै हिड्डुल गर्न सक्छुकी जस्तो पनि लाग्छ ।’
उनी सरकारी कर्मचारी हुन् तर, उनलाई नियमित तलब बाहेक अपांङ्गता भए बापत अरु कुनै सेवा सुविधा छैन । उनी ह्वीलचियरमै बसेर दैनिक कार्यालयको काम गर्छन् भने बाँकी काममा श्रीमतीको साहारा लिने गरेका छन् । उनले दैनिक कार्यालय सरसफाइ गर्ने, झार उखाल्ने, आसपासको बोटविरुवाको रेखदेख गर्ने लगायतका काम गर्दै आएका छन् । अपांङ्गता अवस्थालाई साथ दिँदै श्रीमती ४२ वर्षीया पदमा बस्नेतले सहयोग गरेपछि काम गरेर जिवीकोपार्जन गर्न सक्ने आँट र सहास मिल्ने गरेको धुव्र बताउँछन् । सोलुखुम्बु स्थायी घर भएका उनी सव डिभिजन वन कार्यालय जिरी परिसरमै सरकारी जग्गामा सानो कटेरो बनाएर परिवार सहित बस्दै आएका छन् ।
उनी काम गर्दादेखि चर्पी जाँदा सम्म ह्वीलचियरको साहरा लिन्छन् । उनलाई अझै आफ्नो खुट्टा हिड्न सक्ने बनाउन रहर छ । प्राय अपांङ्गता भएका मानिसहरु एक ठाउँ थला परेको जस्तै हुन्छन् । दुई छोरीका पिता ५१ वर्षीय धुव्र अशक्त भएपनि शाहसिक देखिन्छन् । उनी एउटा समाजमा उदाहरणका पात्र समेत बनेका छन् ।