images
images

गोकुलगंगा गाउँपालिकाले ल्यायो ५० करोड ३३ लाख बजेट, के छ नीति तथा कार्यक्रममा ?

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ३३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष उषादेवी कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभा मार्फत गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ३३ लाख २० हजार १५० बराबरको बजेट सार्बजनिक गरेको छ । पालिकाले संघीय सरकारबाट ४० करोड ७२ लाख १७ हजार, प्रदेश सरकारबाट ८ करोड ५१ लाख ३ हजार १५० र पालिकाको आन्तरिक श्रोतबाट एक करोड १० लाख रुपैंया प्राप्त गर्ने अनुमान गरेको छ ।

गोकुलगंगाले आगामी आर्थिक वर्षको लागि वडागत सिलिङ ४ करोड ५० लाख छुट्याएको छ भने प्रशासनिक चालुतर्फ ११ करोड ७३ लाख, शसर्ततर्फ २० करोड ६५ लाख ६५ हजार, समपुरकतर्फ ५ करोड २० लाख खर्च गर्ने लक्ष्य लिएको गोकुलगंगाले विशेष अनुदानतर्फ ५० लाख र पालिकातर्फ विभिन्न शाखागत, क्षेत्रगत र भुक्तानी हुन बाँकी योजनाको खर्च समेत गरी ७ करोड ७४ लाख ५५ हजार १५० विनियोजन गरेको छ । गाउँसभामा सभाध्यक्ष एवम् पालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश)ले गोकुलगंगामा सञ्चालन भएका कार्यक्रम तथा गतिविधि र उपलब्धी सार्वजनिक गर्दै आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, वडा नम्बर ३ का अध्यक्ष नरविक्रम कार्कीले आर्थिक ऐन २०८१ प्रस्तुत गर्नुभएको थियो भने वडा २ का अध्यक्ष सुन्दर कार्कीले सो सम्बन्धी प्रस्तावको समर्थन गर्नुभएको थियो ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्य तथा सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

तलको लिंकमा क्लिक गर्नुहोस र हेर्नुहोस, नीति तथा कार्यक्रम के छ ?

नीती तथा कार्यक्रम 2081_82

वजेट 2081_82