images
images

मामाले बनाए भान्जाको घरमा लुटपाट गर्ने योजना, प्रहरीकै संलग्नतामा २ करोड चोरी

  • १२ असार २०८१, मंगलवार १५:१६

काठमाडौँ । भक्तपुरको दधिकोटमा आफ्नै मामाको योजनामा भाञ्जाको घरमा लुटपाट भएको खुलासा भएको छ ।

२ करोड रुपैयाँ लुटपाट भएको घटनामा संलग्न सिन्धुपाल्चोकका तीन सहित चार जना पक्राउ परेपछि यस्तो खुलासा भएको हो । घटनामा प्रहरी हवल्दारको समेत संलग्नता पुष्टी भएको छ । लुटपाटमा संलग्न भएको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का सुजन रसाईली, भोटेकोशी गाउँपालिकाका ३१ वर्षीय भीम बहादुर तामाङ, सोही स्थानका प्रहरी हवल्दार समेत रहेका कृष्ण बहादुर बोहरा र ओखलढुंगा घर भएका ३६ वर्षीय मुनाराज राई पक्राउ परेका छन् । तर, घटनाका मुख्ययोजनाकार कुलबहादुर खत्री भने फरार रका छन् । पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ बरामद भएको छ ।

प्रहरी हवल्दार रहेका कृष्णबहादुर र भीम एउटै स्कुलमा पढेकाले साथीको नाताले उनी पनि चोरीमा संलग्न भएको खुलेको छ । ३८ वर्षीय बोहरा सशस्त्र गण नम्वर २ महाराजगञ्जमा कार्यरत रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । भान्जाको घरमा ठुलो परिमाणमा रकम भएको कुरा मामालाई मात्रै थाहा भएको र उनैको योजनामा लुटपाट भएको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्दै प्रहरीले यस्तो रहस्य खुलाएको हो ।

विदेश पठाएवापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुर खत्रीको योजनामा लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घरमा चोरी भएको केही समयपछि पुगेका मामा कुलबहादुरले घरमा १० लाख भन्दा बढि नगद राख्न नपाईने भएकाले प्रहरीलाई खबर गरेमा आँफै फसिने भन्दै भान्जालाई प्रहरीकोमा जानबाट रोकेका थिए ।

दधिकोटस्थित डिल्ली राउतको घरमा असार ४ गते २ करोड लुटपाट भएको थियो । क्रोएसियामा नेपाली कामदार पठाउने एजेन्टका रुपमा काम गर्दै आएका डिल्लीले विदेश जाने मानिसहरुबाट लिएर घरमा राखेको रकम चोरी भएको थियो । विदेश पठाएवापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुर खत्रीको योजनामा लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लुटपाट गर्नुभन्दा अघिल्लो दिन उनीहरुले डिल्लीको घरमा गई आसपासको क्षेत्रमा निगरानी गरेको र कौशलटारस्थित एक रेष्टुरेन्टमा भेटेर लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानमा देखिएको छ । डिल्लीको घर एकान्त ठाउँमा खेतको बीचमा रहेको छ । चोरीमा संलग्न चार जनामध्य एक जनाले बाहिर बसेर निगरानी गरेको र ३ जनाले भित्र गएर आँफुहरु प्रहरी भएको र खानतलासी गर्न आएको भन्दै दराजबाट २ करोड रुपैयाँ झिकेर झोलामा हालेको देखिएको अनुसन्धान अधिकृतहरुले बताएका छन् । चोरी भएको आधाजति रकम कुलबहादुरले लगेको र बाँकी रकम आँफुहरुले बाँडेको पक्राउ परेकाहरुले स्वीकार गरेका छन् । चोरी गरेको लाखौँ रकम पाएपछि उनीहरु सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट हुँदै दोलखाको कालिञ्चोकसम्म घुमेर फर्किएको खुलेको छ ।

डिल्लीले आफ्नो घरमा ३ करोड भन्दा बढि नगद भएको बताएका छन् । घरमा चोरी भएको केही समयपछि पुगेका मामा कुलबहादुरले घरमा १० लाख भन्दा बढि नगद राख्न नपाईने भएकाले प्रहरीलाई खबर गरेमा आँफै फसिने भन्दै भान्जालाई प्रहरीकोमा जानबाट रोकेका थिए । त्यसलगत्तै बाँकी पैसा पनि घरमा राख्न नहुने भन्दै ३५ लाख रकम मामा कुलबहादुरले नै लगेको र बाँकी १ करोड एक ट्राभल्स एजेन्सीलाई दिएको डिल्लीले बताएका छन् । मामाको सल्लाह अनुसार डिल्लीले प्रहरीलाई खबर नगरेपनि प्रहरीले अन्यत्रबाट सुचना पाएर घटनाको अनुसन्धान सुरु गरेको थियो ।