images
images

शैलुङ गाउँपालिकामा जनप्रतिनिधि वीच लफडा: माओवादी भन्छ-‘एमालेले बहुमतको दम्भ देखायो’

  • १२ असार २०८१, मंगलवार १५:४४

दोलखा । नेकपा माओवादी केन्द्र शैलुङ गाउँकमिटिले एमालेले बहुमतको दम्भ देखाएको आरोप लगाएको छ ।

माओवादी केन्द्रले विज्ञप्ती जारी गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टीका जनप्रतिनिधिलाई दुव्र्यवहार गर्दै बहुमतको दम्भ देखाएको आरोप लगाएको हो । नेकपा माओवादी केन्द्र शैलुङ गाउँपार्टी कमिटिका अध्यक्ष जितकुमार मोक्तानद्धारा हस्ताक्षरित विज्ञप्तीमा गाउँसभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा नम्वर ३ का अध्यक्ष बीरबहादुर तामाङलाई नेकपा एमालेबाट निर्वाचित वडा नम्वर ५ का वडा सदस्य नवराज कार्कीले अपशव्द प्रयोग गर्दै दुव्र्यवहार गरेको उल्लेख छ ।

साथै एमालेले एकल बहुमतको दम्भ देखाउँदै शैलुङ गाउँपालिकाको जनताको जीवनमा दुरगामी असर पर्नेगरि शैलुङ सरकारको योजनालाई विफल बनाउने रणनीति अनुसार तिललाई पहाड बनाउन लागिपरेको विज्ञप्तीमा भनिएको छ । नेकपा माओवादी केन्द्र शैलुङ गाउँपाटि कमिटिले एमालेको सो कार्यप्रति गम्भिीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमार्फत शैलुङबासि जनतालाई निराश नहुन आग्रह गर्दै विकास निर्माण कार्यलाई तीव्र गतिमा लैजानका लागि स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिकाको गतिविधिलाई अगाडी बढाउन माग समेत गरिएको छ ।

शैलुङ गाउँपालिकामा विवादका कारण गाउँसभा स्थगित भएको थियो । हिजो भएको गाउँसभामा केही जनप्रतिनिधिबीच विवाद र हात हालहालको अवस्था सिर्जना भएपछि पालिकाले सूचना जारी गरि गाउँसभा स्थगित भएको जनाएको थियो ।