दोलखा । दोलखामा तामाकोशी–मन्थली सडकको मालु खोलामा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण पहिरो जाँदा तामाकोशी–मन्थली सडक खण्डअन्तर्गत तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालु खोलामा यातायात अवरुद्ध भएको हो । लगातारको वर्षापछि आज विहानै तामाकोशी–मन्थली सडकको मालु खोलामा माथिबाट पहिरो खस्दा सडक पुर्ण रुपमा अवरुद्ध बनेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । सडक अवद्ध भएपछि यातायाताका साधान विच बाटोमै रोकिएका छन् । दोलखाबाट रामेछाप र रामेछापबाट दोलखा आवतजावत गर्ने यात्रुहरु अलपत्र परेका छन् । हाल पहिरो पन्छ्याउनका लागि घटनास्थलमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक सिग्देलले बताउनुभयो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडाध्यक्ष नारायण खड्काले सडकमा ठुलो पहिरो गएर सडक अवरुद्ध भएको जानकारी आएको र हाल आफु घटनास्थलमा जाँदै गरेको बताउनुभयो ।










