images
images

मालुखोला बजारमा पहिरो, एक दर्जन घर उच्च जोखिममा (फोटोसहित)

  • ९ श्रावण २०७९, सोमबार १०:४८

जिरी (दोलखा) । दोलखाको तामाकोशी गाउँपालिकास्थित मालुखोला बजार र आसपासको क्षेत्रमा पहिरोले जोखिम निम्त्याएको छ ।

गएराती अविरल वर्षासँगै आएको पहिरोले तामाकोशी गाउँपालिका ४ स्थित मालुखोला बजार र नजिकैको एक बस्ती जोखिममा परेको हो । बस्ती माथिबाट आएको पहिरोले बजारमा ४ वटा कटेरो पसल पुरिएको र एउटा अरसीसी घरमा क्षति पुग्नुका साथै मालुखोला बेसीका १२ घर उच्च जोखिमा परेको  छ । आज विहान करिब ३ बजे मालुखोला बेसीको बस्ती माथिबाट पहिरो गएको स्थानीयले बताएका छन् ।  पहिरोका कारण बजारका पसल गोदाममा लेदो पसेर खाद्यान्न लगायतका मालसामानमा पनि क्षति पुगेको छ ।

पहिरोले तामाकोशी–मन्थली सडकको मालु खोलामा पुष्पलाल मार्ग समेत अवरुद्ध भएको छ ।
मालुखोला बेसी बस्ती र मालुखोला बजार आसपासका क्षेत्रमा बाढीको समेत जोखिम रहेको मेलुङ ७ का वडाध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो ।