जिरी (दोलखा) । बिहानदेखि अवरुद्ध तामाकोशी–मन्थली सडक सुचारु भएको छ ।
तामाकोशी–मन्थली सडक खण्डअन्तर्गत तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालु खोलामा पहिरो जाँदा अवरुद्ध भएको सडक केहिबेर अघिदेखि सुचारु भएको हो । बिहानैदेखि अवरुद्ध भएको सडक करिब १० घण्टामा सञ्चालमा आएको छ । प्रहरी र स्थानीयले पहिरो पन्छाएपछि सडक सुचारु भएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । सडक अवद्ध भएपछि यातायाताका साधन विच बाटोमै रोकिएका थिए भने दोलखाबाट रामेछाप र रामेछापबाट दोलखा आवतजावत गर्ने यात्रुहरु अलपत्र परेका थिए । सडक सुचारु भएसँगै बीच बाटोमै रोकिएका सावारीका साधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
लगातारको वर्षापछि तामाकोशी–मन्थली सडकको मालु खोलामा आज राती सडक माथिबाट पहिरो खस्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो ।










