दोलखा । दोलखा भीमेश्वरको शीलामा एक सातामै दुई पटक पसिना आएपछि क्षमापूजा गरिने भएको छ ।
राष्ट्र, राष्ट्र प्रमुख र जनतामा कुनै क्षति नहोस् भन्ने कामनाका साथ राष्ट्र प्रमुखकोतर्फवाट भोली भीमेश्वर मन्दिरमा क्षमापूजा गर्न लागिएको हो । भीमेश्वर मन्दिरमा भोली बिहान ७ बजेदेखि होम यज्ञ, ग्रह शान्ति, मंगल शान्ति लगायत लघुरुद्री पूजा सहित क्षमापुजा गर्न लागिएको हो । मन्दिरमा राष्ट्रप्रमुखको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा क्षमापूजा हुन लागेको भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रप्रमुख हुँदै गृहमन्त्रालयबाट प्रशासन कार्यालयमा क्षमापूजाका लागि आवश्यक सामाग्री आईसकेको छ । राष्ट्रप्रमुखको तर्फबाट एक जोर कालो बोका, ग्रह शान्ति, होम यज्ञका लागि आवश्यक सामाग्री आएको हो । समितिका सचिव श्रेष्ठका अनुसार सर्वसाधारण नागरिकको तर्फबाट पनि एक जोर कालो बोकाको बलिसहित छुट्टै क्षमा पूजा हुनेछ । पूजा सकिएपछि पुन राष्ट्रपति, प्रधान सेनापति र गृह मन्त्रालयमा सो प्रसाद पठाईने छ ।
राष्ट्र प्रमुखकोतर्फवाट भोली भीमेश्वर मन्दिरमा क्षमापूजा गर्न लागिएको हो । राष्ट्रप्रमुख हुँदै गृहमन्त्रालयबाट प्रशासन कार्यालयमा क्षमापूजाका लागि आवश्यक सामाग्री आईसकेको छ । राजसंस्था हुँदा राजाकोतर्फवाट मन्दिरमा क्षमा पुजा हुने गरेको थियो । तर, गणतन्त्र स्थापनापछि राष्ट्रपतिलाई महाप्रसाद पठाउने गरिएको छ भने राष्ट्र प्रमुखको तर्फवाटै भीमेश्वरमा क्षमा पुजा गर्ने गरिन्छ ।
साउन ५ गते दिउँसो १ बजेर ४७ मिनेटदेखि ४ बजेर १४ मिनेट जाँदासम्म भीमेश्वरको शीलामा पसिना आएको थियो । बाँयातर्फवाट पसिना आउन सुरु गरेकोमा पछि शीलाको सवैतिरवाट पसिना आएको थियो । शीलामा आएको पसिना पुछेको कपास ‘महाप्रसाद’ को रुपमा साउन ६ गते राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको थियो । महाप्रसाद बुझाएपछि राष्ट्रपति कार्यालयबाट भेटी समेत पठाइएको छ । भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र प्रमुखकोमा ‘महाप्रसाद’ पठाउने र राष्ट्र प्रमुखकोतर्फवाट सरकारी अधिकारीले क्षमापूजा गराउने प्रचलन छ ।
भीमेश्वर मन्दिरको शीलामा एक साता नबित्दै पुनः हिजो पनि पसिना आएको छ । हिजो दिउँसो १२ बजेर ४५ मिनेटबाट पसिना आउन सुरु भएकोमा ३ बजेर १३ मिनेटमा रोकिएको थियो । हिजो भीमेश्वरको शीलाको तल्लो भागको चारैतर्फबाट २ घण्टा २८ मिनेट पसिना आएको थियो । भीमेश्वरको शीलाको दायाँतर्फवाट पसिना आउँदा राष्ट्र र राष्ट्र प्रमुख तथा बाँयातर्फवाट पसिना आउँदा जनतालाई क्षति गर्ने जनविश्वास रही आएको छ ।
राजसंस्था हुँदा भीमेश्वरको महाप्रसादलाई राजाकोमा पठाउने गरिन्थ्यो । त्यसपछि राजाकोतर्फवाट मन्दिरमा क्षमा पुजा हुने गरेको थियो । तर, गणतन्त्र स्थापनापछि राष्ट्रपतिलाई महाप्रसाद पठाउने गरिएको छ भने राष्ट्र प्रमुखको तर्फवाटै भीमेश्वरमा क्षमा पुजा गर्ने गरिन्छ । यसअघि भीमेश्वरमा पसिना आउँदा तत्कालिन राष्ट्रपति रामवरण यादव र बिद्यादेवी भण्डारीको तर्फवाट क्षमापूजा गरिएको थियो । यो पटक भने राष्ट्रपति रामचन्द्र पौडेलको तर्फवाट भीमेश्वरमा क्षमापूजा गरिदै छ ।