images
images

दोलखामा भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने

  • ९ भाद्र २०७९, बिहीबार ०८:१०

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय दोलखाले बुधबार एक कार्यक्रमको आयोजना गरी भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक सहितका कार्यक्रम सुरु हुने जानकारी गराएको हो । यो अवधिमा प्रत्येक स्थानीय तहका वडाहरुमा त्रुटी सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएकाहरुको नाम हटाउनका लागि निवेदन दिन पाईनेछ । निर्वाचन आयोगले हाल सार्वजनिक गरेको विवरण अनुसार क्षेत्र नम्बर १ मा ८२ हजार ५ सय ६२ जना र क्षेत्र नम्बर २ मा ८१ हजार ६ सय ३६ जना गरी कुल १ लाख ६४ हजार २ सय ९८ जना मतदाता रहेका छन् । तर अद्यावधिको समयमा यो संख्या घट्न सक्ने अनुमान गरिएको जिल्ला निर्वाचन कायालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो ।