images
images

अस्पतालबाट फरार भएका रामेछापका एक कैदी ललितपुरबाट पक्राउ

  • ९ भाद्र २०७९, बिहीबार १०:२१

आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालबाट भागेका रामेछाप घर भएका कैदी ३८ वर्षीय भोला बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको हो । नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टिमले पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयकी डिआईजी किरण राणाले जानकारी दिनुभयो ।

आँखामा झुसिलकिरा बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले फलोअपका लागी बुधवार त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । सो क्रममा उनी प्रहरीको आँखा छलेर फरार भएका थिए ।