images
images

काभ्रेपलाञ्चोकमा सालकको खपटासहित तिन जना पक्राउ

  • ९ भाद्र २०७९, बिहीबार १०:५७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा संरक्षित वन्यजन्तु सालकको खपटासहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ का ४९ वर्षिया गोविन्द सेन्चुरी, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ४ का २६ वर्षिय सुरज झेडीमगर र महाभारत गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय विमान स्याङ्तान रहेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो सीआईबी काठमाडौं र काभ्रेस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैध रुपमा ओसारपसार भइरहेको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।