images
images

सहकारी बिभागले भन्योः तीन महिनाभित्र लेखापरीक्षण गर्नु

  • ९ भाद्र २०७९, बिहीबार १५:२५

काठमाडौं । सहकारी विभागले सहकारी संघ, संस्थाहरुलाई आर्थिक वर्ष पुरा भएको तीन महिनाभित्र अनिवार्य लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

विभागले आज परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । सहकारी ऐन, २०७४ को दफा ७४ (१) बमोजिम लेखा परीक्षणको काम सम्पन्न गरिसक्न र वित्तिय रिपोर्ट सार्वजनिक गर्न विभागले भनेको छ । यस्तै संस्थाको नियमित वार्षिक साधारणसभा पुस मसान्तसम्म गरिसक्न र साधारणसभा सम्पन्न भएको १५ दिनभित्र सभाको निर्णयको प्रमाणित प्रतिलिपी, उपस्थितीको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन, लामो फाराम प्रतिवेदनसहित नियामक निकायमा अनिवार्य बुझाउन समेत विभागले सहकारी संघ, संस्थाहरुलाई आग्रह गरेको छ ।

साधारणसभा गर्दा सहकारी संस्थाको साधारणसभा पहिलो संशोधन निर्देशिका, २०७६ को गाइडलाइन अनुसार सदस्यहरुको उपस्थितीमा मितव्ययी तरिकाले सञ्चालन गर्न समेत विभागले निर्देशन दिएको छ ।