images
images

ड्युटीमा खटिएका सहायक हवल्दारको मृत्यु

  • ९ भाद्र २०८१, आईतवार १४:३८

काठमाडौँ । सोलुखुम्वु घर घएका एक प्रहरीको ड्युटीमा खटिएकै बेला मृत्यु भएको छ ।

ड्युटी गर्दागर्दै अचानक बेहोस भएका सोलुखुम्वु घर भई संखुवासभाको मंगलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको मृत्यु भएको हो । मादी नगरपालिका–२ स्थित प्रहरी चौकीमा ड्युटीमा खटिएका निरौला एक्कासी लडेर बेहोस भएका थिए । बेहोस भएका उनलाई हिजो साँझ तेह्रथुमको वसन्तपुरस्थित स्वास्थ्य चौकीमा लगिएकोमा मृत घोषणा गरिएको थियो ।

मृतकको आज धरानस्थित विपि कोईराला स्वास्थय विज्ञान प्रतिष्ठानमा शव परिक्षण गरि सोलुखुम्वु लगेर परिवारको जिम्मा लगाईने संखुवासभामा डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।