काठमाडौँ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भुटानलाई टाइब्रकेरमा पराजित गर्दै घरेलु टोली नेपालले च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको हो। नेपालले एन्फा कम्प्लेक्समा आज भएको खेलमा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले पराजित गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । टाइब्रेकरमा नेपालका लागि राम थापा, अविनास स्याङताङ, सिमान्त थापा र गोलरक्षक जियारथ शेखले गोल गरेका थिए भने भुटानका लागि ज्याक्सुन दोर्जीको प्रहार मात्र सफल भएको थियो।
भुटानका जिग्मे नाङमेल र दोर्जी को प्रहार नेपालका गोलरक्षक जियारथ शेखले रोकेका थिए । गोलकिपर नायक बनेपछि नेपालले फाईनल यात्रा तय गरेको हो । नेपालले अब प्रतियोगिताको उपाधीका लागि भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।