images
images

स्थानीय तह उपनिर्वाचनका लागि भोलीदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिने

  • ९ आश्विन २०८१, बुधबार १०:०७

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि भोलीदेखि दल दर्ता गर्ने आह्वान गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि भोलीदेखि असोज १६ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । निर्वाचन आयोगले संविधानको धारा २ सय ७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको छ । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ । त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची रहेको छ ।

स्थानीय तहमा दोलखासहित ४३ पद रिक्त रहेको छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।