
काठमाडौँ । जीबी राई सहित साहरा सहकारीका १७ जनाविरुद्ध मुद्धा दायर भएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे १७ जनालाई प्रतिवादी बनाउँदै चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो । उनीहरुविरुद्ध ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निश्कर्ष निकाल्दै मुद्धा दायर गरिएको हो । प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुर विरुद्धको मुद्धामा ७ वर्ष कैद र ७० हजारसम्म जरिवाना मागदाबी गरिएको छ ।
अभियोगपत्रमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भूपेन्द्र राई लगाएतलाई प्रतिवादी बनाईएको छ ।