काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखिने भएको छ ।
काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले आज प्रसाईलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आइतबार साइबर क्राइमको कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले सोही दिन पहिलोपटक ३ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो। पक्राउ परेपछि वीर अस्पतालमा बसेका प्रसाईंलाई हिजोदेखि जिल्ला सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गरिएको छ।