images
images

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको ‘क्लिन स्विप’

  • ९ मंसिर २०७९, शुक्रबार ०६:२०

काठमाडौं । रुकुम पश्चिममा सरकारका अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर भारी मतान्तरले निर्वाचित भएका छन् ।

शर्माले २६ हजार ५ सय ८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजिवत गर्दै निर्वाचित भएका हुन् । शर्माको पक्षमा ३९ हजार ५ सय ४९ मत आएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन् ।

यस्तै क र ख दुवै क्षेत्रमा माओवादी उम्मेदवारहरु भारी मतान्तरसहित निर्वाचित भएका छन् । २९ हजार ५ सय ४३ मत खसेको क मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मतसहित निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका नारायणकुमार शाहलाई १० ह जार ९ सय ९५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । यता ख मा माओवादीकै राजकुमार शर्मा १२ हजार ८२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दैै निर्वाचि भएका छन् । शर्माले २० हजार १ सय ६० मत पाउँदा नेकपा एमालेका कर्ण बहादुर घर्ती मगरले ८ हजार ७८ मत पाएका छन् ।