images
images

प्रतिनिधिसभातर्फ रामेछापमा कांग्रेसका तमाङ अग्रस्थानमा

  • ९ मंसिर २०७९, शुक्रबार ०८:२५

रामेछाप । प्रतिनिधिसभा सदस्यतर्फ रामेछापमा नेपाली कांग्रेसका पुर्णबहादुर तमाङले मतान्तर करिब ८ हजार कटाएका छन् ।

रामेछाप नगरपालिकाको वडा नम्बर ९ सम्मको मतगणनामा तमाङले ८ हजार २ सय ५६ मतले अग्रता बनाएका हुन् । कान्छारामले हालसम्म २२ हजार १ सय ३९ मत पाउँदा प्रतिस्पर्धी एमालेका कैलाश ढुंगेलले १३ ह जार ८ सय ८४ मत पाएका छन् । सुरुवातीदेखि निरन्तर अग्रता लिएका तमाङले प्रदेशसभा क तर्फ धेरै मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत रामेछापमा प्रदेशसभा सदस्यका लागि ८७ हजार ४ सय ९७ मत खसेको छ । जसअनुसार प्रदेश क मा ३६ हजार ७ सय ६९ र प्रदेशसभा ख मा ५० हजार ७ सय २८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

उता, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार बास्कोटाले ३८ हजार २ सय ८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शिव हुमागाईंले ३५ हजार ५२ मत प्राप्त गरेका छन् । बास्कोटा हुमागाईभन्दा तीन हजार १ सय ५६ मतले अगाडी छन् ।