images
images

बागमती प्रदेशको मुख्यमन्त्रीका दाबेदार ३ जना विजयी

  • ९ मंसिर २०७९, शुक्रबार १०:२२

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका आकांक्षी ३ जना विजयी भएका छन् ।

मुख्यमन्त्री बन्ने योजनासहित चुनावी मैदानमा होमिएका कांग्रेसका इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल र नेकपा एकीकृत समाजवादीका कृष्णशर्मा खनाल विजयी भएका हुन् । सत्ता गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार बानियाँ मकवानपुर २ बाट विजयी भएका छन् । कांग्रेस बागमती प्रदेशसभा पति बानियाँले एमालेका लालबहादुर थापालाई १ हजार ७ सय ८२ मतान्तरले पराजित गरेका छन् ।
सत्तागठबन्धनबाट मुख्यमन्त्रीका अर्का दाबेदार माओवादी नेता जम्मकटेल धादिङ १ (२) बाट विजयी भएका हुन् । उनले एमालेका गजेन्द्र भण्डारीलाई ७ हजार ४ सय २५ मतले पराजित गरेका छन् ।

यस्तै चितवन १(२) बाट बागमती प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका नेता खनाल विजयी भएका छन् । गठबन्धन दलका उम्मेदवार खनालले १५ हजार ५ सय ७ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत ल्याएका छन् । एमालेबाट भावी मुख्यमन्त्रीको रुपमा हेरिएका प्रदेशसभाका पुर्वसभामुख सानुकुमार श्रेष्ठ भने पराजित भएका छन् ।