images
images

बनेपाबाट हराएको बुद्धको मुर्ति ४८ वर्षपछि फेला

  • ९ मंसिर २०७९, शुक्रबार १०:४६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपाबाट हराएको बुद्धको मुर्ति ४८ वर्षपछि फेला परेको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मुर्ति राष्ट्रिय संग्रहालय छाउनीमा फेला परेको हो । हराएको मुत्र्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो । हराएको मुत्र्रि फेला परेसँगै फिर्ता ल्याउने तयारी सुरु भएको छ ।